गण्डकीमा मन्त्रिपरिषद विस्तार संगै चार मन्त्रीको सपथ सम्पन्न

५ जेष्ठ २०७८, बुधबार १६:३२ प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ। उहांले चारजना मन्त्री नियुक्त गर्नु भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिनुभएको छ । बाँकी तीनजनालाई विनाविभागीय मन्त्री बनाइएको छ । मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विनाविभागीय मन्त्री बनाउनुभएको थियो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाउनुभएको हो।
सरकारविहीनताको अवस्था हुँदा गण्डकीमा बजेट निर्माण नै प्रभावित भइरहेको छ । कोरोना संक्रमित भएरै दोस्रो कार्यकालको सपथ लिनुभएका मुख्यमन्त्री गुरूङले २९ गते नै मन्त्रिपरिषद गठन गर्न खोज्नु भएपनी स्वास्थ्यका कारण पछि सार्नुभएको थियो । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै रहनुभएको छ।
१२ मन्त्रालयसम्म रहन सक्ने प्रदेशमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको थियो ।
मुख्यमन्त्री गुरूङले अब मन्त्रालय फुटाएर १० वटा पुर्‍याउन लागेको बताइएको छ ।

५ जेष्ठ २०७८, बुधबार १६:३२  मा प्रकाशित

Write your Comment