एकैदिन ८१७३ संक्रमणमीत/७९८९ संक्रमण मुक्त/२४६ जनाको मृत्यु

५ जेष्ठ २०७८, बुधबार १६:४९ प्रकाशित

बितेको २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। यस्तै ७ हजार ९८९ जना बितेको २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी कोरोना संक्रमणबाट २४६ को मृत्यु भएको छ ।

५ जेष्ठ २०७८, बुधबार १६:४९  मा प्रकाशित

Write your Comment