नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान अध्यक्ष दाहाल र यादवबीच भेटवार्ता भएको माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए । उनकाअनुसार जसपा अध्यक्ष यादवले पार्टीका अर्का महन्थ ठाकुरलाई अघि सार्ने प्रस्ताव माओवादी अध्यक्ष दाहाल समक्ष गरेका थिए । ‘बिहान ८ बजे अध्यक्ष दाहाल र यादवबीच भेटवार्ता भएको उनले जानकारी दिए, ‘उहाँले महन्थजीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको बताउनुभयो ।
आफूहरू सबै विकल्पमा छलफल गर्न खुला रहेको जवाफ अध्यक्ष दाहालले दिएको उनले बताए । ‘जवाफमा अध्यक्ष कमरेडले हामी सबै विकल्पमा खुला छौं भन्नु भयो,’ उनले भने, ‘पहिलो त राष्ट्रपतिले चालेको कदम असंवैधानिक छ । यसको विरोध गरौं र विकल्पबारे पनि छलफल गरौं भन्नुभयो ।