१४९ सांसदको हस्ताक्षर लिएर शिर्ष नेताहरु शितलनिवास हिडे, देउवा प्रधानमन्त्रीका उम्मेदवार

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

विपक्षी गठबन्धनको सिहंदरबार बसेको बैठक लगत्तै शिर्ष नेताहरु शितलनिवास पुगेका छन् ।

काग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव यादव र माधव कुमार नेपाल शितलनिवास पुगेका हुन् । संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास गएका छन् ।

स्रोतका अनुसार नेताहरु यसअघि सिहंदरवारमा जुटाइएको १४९ सांसदहरुको हस्ताक्षर लिएर शितलनिवास हिडेका हुन् । हस्ताक्षर गर्ने सांसदहरुमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

२०७८ जेष्ठ ७, शुक्रबार  मा प्रकाशित

Write your Comment