देउवा,प्रचण्ड,नेपाल र यादव सहि १४६ सांसद पुगे रिट दर्ता गर्न सर्वोच्च

१० जेष्ठ २०७८, सोमबार १४:३६ प्रकाशित

आफूहरुको पक्षमा बहुमत हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरु सर्वोच्च अदालत गएका छन्।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदको हस्ताक्षरसहित देउवा केहीबेरअगाडि सर्वोच्च पुगेका छन्।
देउवासँगै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत र राष्ट्रिय जनमोर्चाका सांसदहरू सर्वोच्चमा रिट दिन गएका हुन्।

१० जेष्ठ २०७८, सोमबार १४:३६  मा प्रकाशित

Write your Comment