थप ७४२५ जनतामा संक्रमण पुष्टि, ७१३५ जना संक्रमणमुक्त,१८५ को मृत्यु

१० जेष्ठ २०७८, सोमबार १६:५७ प्रकाशित

बितेको २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी बितेको २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।
यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

१० जेष्ठ २०७८, सोमबार १६:५७  मा प्रकाशित

Write your Comment