८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु,६४०४जना संक्रमण मुक्त

११ जेष्ठ २०७८, मंगलवार १७:३४ प्रकाशित

काठमाडौं ११ जेष्ठ :
नेपालमा बितेको २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा मुलुकभर १६९ जनाको मृत्यु भएको छ ।
देशभरका बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२९३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २२३०६ पिसीआर र ६३० एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८३८७ जनामा पुष्टि भएको छ।
यस्तै बितेको २४ घन्टामा ६४०४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै आजसम्म ४०४८८७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६७ जना छन्। जसमध्ये १६७२ जना आइसियू र ४४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

११ जेष्ठ २०७८, मंगलवार १७:३४  मा प्रकाशित

Write your Comment