६९५१ जना संक्रमित,९८४१ संक्रमणमुक्त

१४ जेष्ठ २०७८, शुक्रबार १८:५६ प्रकाशित

नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बितेको २४ घण्टामा देशभरमा ६ हजार ९५१ जना संक्रमित भएका छन् भने सोही अवधिमा ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । त्यस्तै,बितेको २४ घण्टामा ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

१४ जेष्ठ २०७८, शुक्रबार १८:५६  मा प्रकाशित

Write your Comment