लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनमा काँग्रेसका पाण्डे विजयी

१७ जेष्ठ २०७८, सोमबार १६:३४ प्रकाशित

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभाको एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।
जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।

१७ जेष्ठ २०७८, सोमबार १६:३४  मा प्रकाशित

Write your Comment