केसी र श्रेष्ठले संवैधानिक इजलास छोडन नमानेपछि इजलास बाट बाहिरिए कार्की र भट्टराई

१८ जेष्ठ २०७८, मंगलवार १३:४३ प्रकाशित

सर्वोच्च अदालतको संवैधानिक इजलासका दुई बरिष्ठतम न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन् ।
तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विपक्षी वकिलले इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि विवाद चलिरहेका बेला न्यायाधीशद्वय इजलासबाट बाहिरिएका हुन् ।

आजको इजलास शुरु हुनासाथ आदेश सुनाउँदै उनीहरुले भने–माननीय न्यायाधीशहरुले हामीले मुद्दा हेर्न मिल्छ भन्ने राय दिनुभएको छ । उहाँको रायका विषयमा हामीलाई केही भन्नु छैन ।
आदेश सुनाउँदै वरिष्ठतम न्यायाधीश दिपक कार्कीले भने, ‘इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम रहन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेकोले इजलासबाट अलग हुने जानकारी गराएका छौं ।

१८ जेष्ठ २०७८, मंगलवार १३:४३  मा प्रकाशित

Write your Comment