संवैधानिक इजलास स्थगित,२३ गते नयाँ रोष्टरबाट गठन गर्ने प्रधानन्यायाधीशको घोषणा

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित

संवैधानिक इजलासबाट दुई वरिष्ठ न्यायाधीश बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेष्ठ २३ गतेसम्मलाई स्थगित भएको छ ।
न्यायाधीशहरु दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् ।
आदेश सुनाउँदै राणाले भने, ‘अब २३ गते पेसी तोक्छु । वरिष्ठबाट रोष्टर बनायर ल्याउँछु । अब चाहिँ पक्ष विपक्ष र बिवाद नहोस् ।

Write your Comment