उपप्रधानमन्त्री महतोको अभिव्यक्ति स्पष्ट गर्न प्रधानमन्त्री ओलीलाई एमालेका खनाल-नेपालसहित १५ नेताको माग

२२ जेष्ठ २०७८, शनिबार २१:०८ प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त गरेका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको एमालेका १५ नेताले विरोध जनाएका छन् । शनिबार एमालेका पुर्व अध्यक्ष झलनाथ खनाल र महासचिव माधव कुमार नेपालसहितका १ जना स्थायी कमिटी सदस्यले एक संयुक्त वक्तव्य प्रकाशित गर्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, खनाल-नेपालसहितका नेताको संयुक्त वक्तव्यमा भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे स्पष्ट गर्न समेत माग गरीएको छ ।
प्रेस वक्तव्य
मितिः जेष्ठ २२, २०७८
प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जाना साथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहो-याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता
विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ । यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुनसक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे
प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।
स्थायी कमिटी सदस्यहरु :-
क. झलनाथ खनाल
क. माधव कुमार नेपाल
क. युवराज ज्ञवाली
क. अष्टलक्ष्मी शाक्य
क. भीम रावल
क. घनश्याम भुसाल
क. भीम आचार्य
क. गोकर्ण बिष्ट
क. योगेश भट्टराई
क. सुरेन्द्र पाण्डे
क. मुकुन्द न्यौपाने
क. रघुजी पन्त
क. बेदुराम भुसाल
क. अमृत कुमार बोहरा

२२ जेष्ठ २०७८, शनिबार २१:०८  मा प्रकाशित

Write your Comment