३४७९ संक्रमीत,६६३६ संक्रमणमुक्त,९९ जनाको मृत्यु

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित

काठमाडौं २३ जेष्ठ :

आइतबार थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कुल ३ हजार ४७९ जना संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमार्फत ३ हजार २४ र एन्टिजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण देखिएको हो।
देशभरीका प्रयोशालामा कुल १३ हजार ७३३ जनाको पिसिआर र एन्टिजेनबाट नमुना परीक्षण गरीएको हो।

यसै अवधिमा ६ हजार ६३६ जना कोरोनाबाट मुक्त भएका छन्। २४ घण्टामा ९९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ ।

Write your Comment