प्रदेश नं २ : महन्थ ठाकुर पक्षका मन्त्री सोनल सहित ३ राज्यमन्त्री बर्खास्त

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित

प्रदेश नम्बर२ का एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् । बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय केउनका अनुसार बर्खास्तीमा पर्नेमा महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग वन पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त रहेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले सामाजिक सञ्जालमा एक मन्त्री र ३ राज्य मन्त्री सहित ४ मन्त्रीलाई बर्खास्त गरिएको बताएका छन् ।
प्रदेश २ मा जसपाकै उपेन्द्र यादवका मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । आजै यादव पक्षले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो । जसपाको पार्टी भित्रको विवाद केन्द्र हुँदै प्रदेशसम्म देखिन थालेको छ ।

Write your Comment