थप ४४७२ जना संक्रमीत,६९५१ जना संक्रमण मुक्त,९२ जनाको मृत्यु

२४ जेष्ठ २०७८, सोमबार १७:५० प्रकाशित

बितेको २४ घण्टामा ४४७२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६९५१ जना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो ।यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन् ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
त्यसैगरी मृतकको संख्या ७ हजार ९९० पुगेको छ । बितेको २४ घण्टामा मात्रै ९२ जनाले ज्यान गुमाएका छन्

२४ जेष्ठ २०७८, सोमबार १७:५०  मा प्रकाशित

Write your Comment