मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले प्रदेश संसदीय दलको निर्णय

२५ जेष्ठ २०७८, मंगलवार १०:२९ प्रकाशित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।
बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।

तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । तर त्यो अवस्था वनेको एक सांसदले बताए । २४ सदस्यीय संसदीय दलमा ओली पक्षका ७ जना छन् भने खनाल-नेपाल पक्षमा १७ जना उभिएका छन ।

२५ जेष्ठ २०७८, मंगलवार १०:२९  मा प्रकाशित

Write your Comment