थप ४३४४ जनामा कोरोना संक्रमण,५७६८ जना संक्रमणमुक्त, ८१ जनाको मृत्यु

२६ जेष्ठ २०७८, बुधबार १७:२७ प्रकाशित

बितेको २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको छ ।
बितेको२४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै बितेको २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन ।

२६ जेष्ठ २०७८, बुधबार १७:२७  मा प्रकाशित

Write your Comment