सभामुख सापकोटाले आहवान गरेको शीर्ष राजनीतिक नेतृत्वसँगको छलफल आज

२८ जेष्ठ २०७८, शुक्रबार ०९:५९ प्रकाशित

काठमाडौं २८ जेष्ठ :
सभामुख अग्निप्रसाद सापकोटाले आज पूर्व प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नु भएको हो ।
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने भन्दै सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई पत्राचार नै गरेर बोलाउनु भएको छ ।

प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्नू भएको थियो । प्रतिनिधि सभा बिघटन भएको अवस्थामा हुनलागेकोआजको छलफललाई राजनीतिक रुपमा महत्त्वका साथ हेरिएको छ ।
यद्यपि सत्तारूढ नेकपा एमालेले सभामुखको अग्रसरतालाई अनावश्यक भनिसकेको छ । प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने बताइएको छ

२८ जेष्ठ २०७८, शुक्रबार ०९:५९  मा प्रकाशित

Write your Comment