बालुवाटारमा प्रदर्शन गर्ने नागरीक अगुवा पक्राउ

२८ जेष्ठ २०७८, शुक्रबार १२:०५ प्रकाशित

काठमाडौं २८ जेष्ठ :

बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो ।खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले ‘स्वास्थ्य सेवा हो, व्यापार होइन, सरकार सेवक हो,मालिक होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

२८ जेष्ठ २०७८, शुक्रबार १२:०५  मा प्रकाशित

Write your Comment