एमाले पर्साका जन संगठनले भने अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्दै छन्

२९ जेष्ठ २०७८, शनिबार १९:०५ प्रकाशित

बिरगंज २९ जेष्ठ :
नेकपा एमाले पर्साका रहेका जन संगठनका प्रमुख तथा पदाधीकारीहरुको बैठक बिरगंजमाआज सम्पन्न भएको छ। एमाले खनाल-नेपाल पर्साका जिल्ला अध्यक्ष बाल गोपाल थापाको अगुवाइमा र पार्टीका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज रामचन्द्र साहको बिशेष उपस्थिती सम्पन्न बैठकमा साहले आगामी दिनको रणनीति तय गरेर अगाडि बढ़नका लागी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो भने सबैले पार्टी एकता ,हालको स्थितिमा दोहोरो चरित्र भएका केही नेताको कारण माधव नेपाल -झलनाथ खनालको पक्षका नेता तथा कार्यकर्ता अल्मल परेको धारणा राखेका थिए । कार्यक्रममा उठेका जिज्ञासा एमाले पर्साका नेताहरु बालगोपाल थापा, अरबिंद सिंह लगायतले प्रस्ट पार्नुभएको थियो भने अहिलेको लड़ाई पार्टी भित्रको मात्र नभएर राष्टियता, लोकतान्त्र र संबिधान रक्षाको लागि भएको निष्कर्ष निकालिएको थियो । अधिकांशले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको बताएकाे युवा संघका केन्द्रीय सचिवालय सदस्य अनिल पटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले नेता मनोज चौधरी,बृजलाल पासवान,संतोष सिंह, युवा संघका पर्सा सह इंचार्ज लालबाबू यादव केंद्रीय सदस्य सन्जु चौधरी, रमेश थारू, राजकुमार सर्राफ,जिल्ला अध्यक्ष भुपेन्द्र साह,,नगर अध्यक्ष उमेस ठाकुर ,बिधार्थी नेता आसिस पटेल ,रन्जित श्रीवास्तव,सुनिल पासवान लगायत को उपस्थिति रहेको थियो।

२९ जेष्ठ २०७८, शनिबार १९:०५  मा प्रकाशित

Write your Comment