लागुूऔषध सहित बारामा २ जना पक्राउ

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

बारा ३० जेष्ठ :
ईलाका प्रहरी कार्यालय सिमराले लागुूऔषध सहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका वडा न.१७ अलौ बस्ने बर्ष २० का सारुख खान मियालाइ भारतीय मोटरसाइकल बि.आर २२डी ४१४४ को सिटमा चेकजाँच गर्दा मोटरसाईकल चालक मियाँले मोटरसाईकलको पछाडी सिटमा लुकाएकोअबैध लागुूऔषध १०० एम. एल. को वनरेक्स (ONEREX) दुई सय तीस बोतल बरामत गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी पर्साको बिरगंज महानगरपालिका वडा न.३२ का बर्ष २६ का गयासुदिन मियाँले चलाएको बा.१५ प. १७५२ न.को मोटरसाईकलाई रोकी चेकजाँच गर्दा लागुूऔषध १०० एम.एल. को ONEREX ( वनरेक्स ) ५ ( पाच ) बोतल र नाईट्राभेट-१०( NITRAVET-10) लेखिएको ७२ ( बहत्तर) पिस ट्याब्लेट बरामत गरीएका प्रहरीले जनाएको छ । दुवै जनालाई बाराको जितपुरमा चेकजाँचका क्रममा पक्राउ गरी बारा जिल्ला अदालतबाट ६ दिनको को म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

२०७८ जेष्ठ ३०, आईतबार  मा प्रकाशित

Write your Comment