ब्राजिलको बिजयी सुरुवात

३१ जेष्ठ २०७८, सोमबार ०७:४९ प्रकाशित

आयोजक ब्राजिलले सोमबार कोपा अमेरिकामा विजयी सुरुआत लिएको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने अभियानमा उसले भेनेजुएलालाई सजिलै ३–० ले पराजित गरेको हो ।
त्यसमा नेयरमाले एक गोल गरे भने अर्को गोलमा सहयोगी भूमिका खेले। नेयमारले पेनाल्टीबाट खेलको दोस्रो गोल गरेका हुन्। मारक्विन्होस र ग्याब्रिएल बारबोसाले एक–एक गोल गरे।
नौ पल्टको दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले सन् २०१९ मा १२ वर्षको अन्तरपछि पहिलोपल्ट कोपा अमेरिका जितेको थियो। अर्जेन्टिना र कोलम्बियामा हुनुपर्ने प्रतियोगिता त्यहाँबाट सारेर ब्राजिलमा भइरहेको हो।

३१ जेष्ठ २०७८, सोमबार ०७:४९  मा प्रकाशित

Write your Comment