बारा ४ आषाढ :
सिमरा उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत हुलास गैरिटोलमा सडक ढलानको सिल्यान्यास गरीएको छ । प्रदेश सरकार पूर्वाधार विकास मन्त्रालयको रु २५ लाख लागतमा सडक निर्माण हुन लागेको आएको हो । सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा जनताका आधारभूत आवश्यकताहरू सडक,विद्युत,खानेपानी पुरा गर्न सरकार लाग्नु पर्ने कुरामा जोड दिनुभयो,उहाँले सबैको सहयोग भएमा समृद्ध नेपाल निर्माणको अभिभारा पुरा गर्न सकिने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिनेश राई,वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ,कार्यपालिका सदस्य सुमित्रा शोभा कार्की , एमाले बाराका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल ,जनहित उपभोक्त समितिका अध्यक्ष अमृत लाल श्रेष्ठ ,वडा सदस्य चिनिमाया परियार ,समाजसेवी रबिन्द्र खकुरेल, हेमराज न्यौपाने,आर के भट्टराई , मनहरी अधिकारी लगायतको उपस्थितिमा रहेको थियो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष सोमलाल बम्जको अध्यक्षतामा र बिशाल घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।