किमले भने :उत्तर कोरिया अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहनुपर्छ ।

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेपछि पहिलोपटक प्रतिक्रिया दिँदै नेता किमले देश अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले देशको गौरवको रक्षा र स्वतन्त्रका लागि देश तयारी अवस्थामा रहने पनि बताउनुभएको खबरमा उल्लेख छ । उत्तर कोरियामा शान्तिपूर्ण वातावरण र सुरक्षाको प्रत्याभूतिका लागि अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनु आवश्यक भएको किमको भनाइ छ ।

उत्तर कोरियाले अमेरिकासँगको सम्बन्धलाई पर्ख र हेरको रुपमा हेरेको भए पनि पछिल्लो समयमा खाद्य सङ्कट चरम बन्दै गएपछि किमले सङ्घर्ष नचाहेर सम्बन्ध सहज बनाउनतर्फ ध्यान दिएको जनाइएको छ । खाद्य अभावका कारण अहिले उत्तर कोरियामा एक किलो स्याउको मूल्य ४५ अमेरिकी डलरसम्म पुगेको बताइएको छ ।

परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरोना भाइरस नियन्त्रणका लागि नाका बन्द गर्दा उत्तर कोरिया नराम्रोसँग सङ्कटमा फस्दै गएको छ ।

२०७८ अषाढ ४, शुक्रबार  मा प्रकाशित

Write your Comment