युरो २०२० : स्विडेनको पहिलो जित

४ असार २०७८, शुक्रबार २१:५३ प्रकाशित

काठमाडौं ४ आषाढ :
युरो २०२० को पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको स्वीडेनले शुक्रबार स्लोभाकियालाई १-० गोलको नतिजामा पराजित गरेको छ ।

समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएको थियो । यद्यपि, ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै एमिल फोर्सबर्गले स्वीडेनलाई अग्रता दिलाएका थिए । स्लोभाकियामाथि हाबी बनेको स्वीडेनले सोही अग्रताको बचाउ गर्दै प्रतियोगिता पहिलो जित सुनिश्चित गर्‍यो ।
पहिलो खेलमा पोल्यान्ड २-१ को नतिजामा पराजित गरेको स्लोभाकियाको यो दोस्रो खेल हो । जितसँगै दुई खेलमा ४ अंक जोडेको स्वीडेनको नकआउट प्रवेशको सम्भावना प्रवल बनेको छ ।

४ असार २०७८, शुक्रबार २१:५३  मा प्रकाशित

Write your Comment