शुक्रबार रातीको बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

५ असार २०७८, शनिबार ०९:४९ प्रकाशित

सिन्धुपाल्चोक ५ आषाढ : 
हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ ।
भवनसँगै केही सामानहरू पनि बगाएको इलाका प्रहरी कार्यालय हेलम्बुका हबल्दार इन्द्र अधिकारीले जानकारी दिनुभयो । ‘सुरुको दिनमा किचन र ट्वाइलेट ढलाएको थियो । शुक्रबार रातिको बाढीले भवन पनि ढाल्यो,’ अधिकारीले भन्नुभयो ।

केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको उहाले जानकारी दिए । ‘अहिले हामीले माथि एक जना स्थानीयको घरमा राखेका छौं,’ उहांले भन्नुभयो ।
त्यसैगरी शुक्राबारको बाढीले ग्याल्थुम बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी बोर्डिङ स्कुलको भवन पनि ढलाएको स्थानीयले बताएका छन् । थप क्षतिको विवरण आउन बाँकी रहेको छ ।

५ असार २०७८, शनिबार ०९:४९  मा प्रकाशित

Write your Comment