पुर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार,अक्सिजन सपोर्ट हटाइयो

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको जानकारी दिएका छन् । ‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । अहिले अक्सीजन सपोर्ट निकालेर उपचार थालिएको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भनेका छन् ।
आफूले पूर्वप्रधानमन्त्री खनालसंग प्रत्यक्ष भिडियो कुराकानी गरेको भन्दै उनले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।

२०७८ अषाढ ६, आईतबार  मा प्रकाशित

Write your Comment