इटलीको कृतीमानी जीत

७ असार २०७८, सोमबार ०७:०४ प्रकाशित

इटली युरोकपमा कुनै पनि गोल नखाइ सबै तीन खेल जित्ने पहिलो टिम बनेको छ ।

रोवर्टो मान्सिनीको प्रशिक्षणमा इटलीले पछिल्लो ११ खेलमा अपराजित रहँदै ३० गोल गर्दा कुनै गोल खाएको छैन । इटलीले सबै ११ खेल जितेको छ ।

यस्तै वेल्सलाई हराउँदै इटलीले अपराजित यात्रालाई ३० खेलसम्म पुर्‍याएको छ । यसअघिको आफ्नै कीर्तिमान बराबरी गरेको छ ।

भिटोरिओ पोजोको प्रशिक्षणमा इटली सन् १९३५ देखि १९३९ सम्म ३० खेलमा अपराजित थियो ।

इटली अब नकआउट चरणमा समूह सी को उपविजेतासँग खेल्नेछ । नेदरल्यान्ड्स समूह सी को विजेता पक्का भइसकेकोले अब युक्रेन वा अष्ट्रियामध्ये एक टिम उपविजेता बन्नेछ।

७ असार २०७८, सोमबार ०७:०४  मा प्रकाशित

Write your Comment