रुकुम पश्चिमको निर्माणाधीन पुल बाढीले भत्कियो

७ असार २०७८, सोमबार ०९:३६ प्रकाशित

केहिदिन देखी परेको अबिरल बर्षा पछि आएको बाढीका कारण रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्किएको छ ।

मुसिकोट नगरपालिका वडा नं ५ बैरागीठाँटीमा बन्दै गरेको पक्की पुल बैरागी खोलामा आएको बाढीका कारण गएराति भत्किएको हो ।
पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो । सो पुल बाढीले भत्काएको हो ।

७ असार २०७८, सोमबार ०९:३६  मा प्रकाशित

Write your Comment