बेल्जियम आफनो समूह चरणमा पहिलो पटक सबै खेलमा विजयी

२०७८ अषाढ ८, मंगलबार प्रकाशित

बेल्जिमय समूह चरणमा शतप्रतिशत जितसहित युरो २०२० को अन्तिम १६ मा पुगेको छ ।
बेल्जिमयले समूह ‘बी’ का सबै खेलमा जित निकाल्ने क्रममा मंगलबार विहान सकिएको खेलमा फिनल्यान्डमाथि २-० को जित निकाल्यो।

समूह विजेता बन्दै ९ अंक जोडेको बेल्जियमले यसअघि रसिया र डेनमार्कलाई पनि पराजित गरेको हो। युरो कपमा बेल्जिमयले समूह चरणमा सबै खेलमा जित हात पारेको यो पहिलो पटक हो।
फिनल्यान्डविरुद्ध बेल्जियमले ७४ मिनेटमा पहिलो गोल गर्‍यो। फिनल्यान्डका गोलकिपर लुकास राडिकेले आफ्नै पोस्टमा गोल छिराउँदा बेल्जियमलाई फाइदा पुगेको थियो।

८१ मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पारे। उनले डि बुएनको पासमा गोल गरेका थिए ।
जितसँगै बेल्जिमयले समूहमा ९ अंक जोड्यो। यो खेलसँगै सकिएको समूहको अर्को खेलमा रसियामाथि ४-१ को जित हात पारेको डेनमार्क पनि समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्यो। डेनमार्कले ३ अंक जोड्दै दोस्रो जोड्यो।

समूहमा तेस्रो भएको फिनल्यान्ड र रसियाको पनि समान ३-३ अंक भए पनि डेनमार्क गोलअन्तरमा अघि रह्यो। अब फिनल्यान्डले तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्न कुर्नु पर्नेछ ।

Write your Comment