थप ४,५२२ जनामा कोरोना संक्रमण, ४,९५४ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु

८ असार २०७८, मंगलवार १८:४६ प्रकाशित

काठमाडौं ८ आषाढ :
बितेको २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।
कोरोना संक्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ र ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।

८ असार २०७८, मंगलवार १८:४६  मा प्रकाशित

Write your Comment