सडक मर्मत नगरेपछी युवासंघले गर्यो, कलैया भरत चोकमा धान रोपेर बिरोध

१० असार २०७८, बिहीबार १४:१० प्रकाशित

बारा १० आषाढ :
बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको मुटुको रुपमा चिनिएको भरत चोकको सडक हिल्लामे भएपछि नेकपा एमाले (खनाल-नेपाल समूह )निकट युवा संघ कलैया उपमहानगर कमिटीले विरोध स्वरुप धान रोपाइँ गरेको छ । पटक पटक स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेका कारण धान रोपाइँ गरेर बिरोध गर्नु परेको नगर कमिटी अध्यक्ष हरी ओम साहले बताउनुभयो । कलैया बारा जिल्लाको सदरमुकाम हो अन्य पालिका बाट पनि नागरिकहरू काम गराउन आउँछन् आउँदा गाडी फस्ने गरेको, मोटरसाइकल फस्ने गरेकोले स्वयं स्थानीयलाई नै लाज भएको र सम्बन्धित निकायले ध्यान नदिएका कारण आफूहरु विरोध स्वरुप रोपाई गर्न बाध्य भएको साहले बताउनुभयो । सो कार्यक्रममा जितेन्द्र साह,तारीफ अंसारी,राजु यादव लगायतको सहभागिता रहेको थियो ।

१० असार २०७८, बिहीबार १४:१०  मा प्रकाशित

Write your Comment