ललितपुर महानगरका बहुमत कार्यपालिका र नगर सभा सदस्यद्वारा बजेट कार्यक्रम बहिस्कार

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

ललितपुर महानगरपालिकाको बजेट कार्यक्रममा विवाद देखिएको छ । आफूहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगर सभा सदस्यहरु आपत्ति जनाएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै बहुमत कार्यपालिका तथा नगर सभा सदस्य नगरसभामा सहभागी हुन नसक्ने बताएका हुन् ।
नगर प्रमुखले गत असार ९ गते नीति तथा कार्यक्रम कार्यपालिकामा पेस गरेको र कार्यपालिकाका बहुमत सदस्यले अध्ययन गर्नुपर्छ भन्दा भन्दै त्यही दिन पास गर्नुपर्ने भनेर नगर प्रमुखले ​बलमिच्याइँ गरी आज नगरसभामा प्रस्तुत गर्न गइरहेको उनीहरुको आरोप छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मर्म र भावना प्रतिकूल हुने गरी डाकिएको नगर सभामा हामी कूल ३९ कार्यपालिका सदस्यहरु मध्ये बहुमत हिस्सा २६ जना तथा ९२ जना नगर सभा सदस्यमध्ये ६६ जना उपस्थित हुन नसक्ने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

२०७८ अषाढ १०, बिहिबार  मा प्रकाशित

Write your Comment