नगर प्रमुख भण्डारी भन्नुहुन्छ : कोल्हवीमा नगरअस्पतालका साथै २५ बेडको कोभिड अस्पताल सञ्चालनको तयारीमा छ ।

११ असार २०७८, शुक्रबार १२:३७ प्रकाशित

बारा ११ आषाढ :
कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै नगरपालिकाले २५ बेडको कोभीड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ । उहाँले कोल्हवी नगरपालिकाले आफ्नो ध्यान स्वास्थ्य, शिक्षामा र पूर्वाधारमा केन्द्रित रहेको उल्लेख गर्दै २५ बेडको कोभीड अस्पतालका साथै १५ बेडको नगर अस्पताल पनि श्रावण महिनादेखि संचालनमा ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो । कामना खबर सँग कुरा गर्दै नगरप्रमुख भण्डारले नगरपालिकाले १० किलोमिटर सडक कालोपत्रे गरिसकेको र वडा नम्बर ४ र६ जोडने चार किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यसवर्ष तीन किलोमिटर सडक कालोपत्रे गर्ने भनिएतापनि कोभीड महामारीका कारण सम्झौता प्रक्रिया ढिला सम्पन्न भई श्रावणदेखि गरीने हुने स्पष्ट पार्नुभयो ।
नगरपालिकाका ११ वटै वडाका प्रशासनिक भवनहरू यही असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न भई श्रावण १ गतेदेखि सञ्चालनमा आउने उहाँले स्पष्ट पार्नुभयो ।
नगर प्रमुख भण्डारीले पुर्वाधार निर्माणका ६० प्रतीशत काम सम्पन्न भइसकेको र भुक्तानीको प्रक्रियामा रहेको स्पष्ट पार्दै कोल्हवीलाई कृषिमा माछा,भैसी र मकैको पकेट क्षेत्र निर्माण गरेर सुपरजोन बनाउनको लागी नगरपालिकाले योजनाका साथ अघि बढीरहेको बताउनुभयो ।

भिडियो तल हेर्नुहोस् ।

११ असार २०७८, शुक्रबार १२:३७  मा प्रकाशित

Write your Comment