बाराको प्रसौनी गाउँपालिकाको ९ औं गाउँ सभामा आर्थिक बर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरीएको छ।
प्रसौनी गाउँपालिका को ९ औ गाउँ सभाको उदघाटन गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले एक कार्यक्रमको बिच गर्नु भएको थियो ।
गांउपालिका अध्यक्ष गुप्ता द्वारा प्रस्तुत निती तथा कार्यक्रममा र उपाध्यक्ष गिता साह द्वारा प्रस्तुत बजेटमा ०७८/०७९ मा प्रसौनी गाउंपालिकालाई सुखी, समृद्ध दिर्घकालिन उदेश्यका साथ पालिका बासीको आवश्यकतालाई छिटो छरितो प्रतिफलयुक्त बिकास प्रवद्धन सिमित स्रोतबाट अधिकतम उपलब्धी हासिल गर्ने र स्वच्छ, सुन्दर, समृद्ध प्रसौनी गाउंपालिका निर्माणमा गर्ने प्रतिबद्धता जाहेर गरीएको थियो । गरिब, दलित, अति बिपन परिवारका छोरीहरुको बिहेमा गाउंपालिकाबाट सहयोग गरीने अध्यक्ष गुप्ता द्वारा पेसगरीएको निती तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
सो अवसरमा शिक्षामा पालीकास्तरमा टपर छात्र छात्राहरुलाई प्रमाण पत्र र नगद रु पाँच हजारको दरले प्रदान गरीएको थियो ।
त्यस्तै जेष्ठ नागरिकहरुलाई हरलिक्स, छाता र नगद रासी रु ३०००।–को दरले प्रदान गरि सम्मान गरिएको थियो । गांउ सभाले उपाध्यक्ष साहद्वारा पेस गरीएको ४७ करोड ४३ लाख ९८ हजार बराबरको बजेट पारित गरेको छ ।
गांउ पालिकाले पुर्वाधार बिकासमा करीव १७ करोड रकम विनियोजन गरेको गांउ पालिकाका लेखा प्रमुख प्रेम बावु पटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धरेन्द्र भुजेल,लेखा प्रमुख प्रेम बाबु पटेल, वडा अध्यक्ष वडा १ का लाल बाबु मुखिया, वडा अध्यक्ष वडा २ का सुरेश गुप्ता ,वडा अध्यक्ष वडा ३ का बैजनाथ गुप्ता ,वडा अध्यक्ष वडा ४ का आनन्द गुप्ता वडा अध्यक्ष वडा ५ का सनई साह, वडा अध्यक्ष वडा ६ का बृजकिसोर कुशवाहा, वडा अध्यक्ष वडा ७ का राम मणी गुप्ता, गांउ सभा सदस्यहरु, जन प्रतिनिधिहरु, कर्मचारी, जेष्ठ नागरिक, सुरक्षकर्मी,संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो ।