आज असार १५ धान दिवस,मानो रोपेर मुरी उब्जाउने दिन

१५ असार २०७८, मंगलवार ०९:३६ प्रकाशित

काठमाडौं १५ आषाढ :
आज असार पन्ध्र अर्थात् धान दिवस, देशभर धान रोपेर मनाइँदैछ । किसानले आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिने गरेका छन् । हरेक वर्षको असार १५ गते धान रोप्नुका साथै दही चिउरा खाएर यो दिवस मनाइने गरिन्छ ।
कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो ।
वि.सं. २०६१ मंसिर २९ गते सरकारले आजको दिनमा राष्ट्रिय धान दिवस मनाउन निर्णय गरेको थियो ।

१५ असार २०७८, मंगलवार ०९:३६  मा प्रकाशित

Write your Comment