पर्साका बिभिन्न स्थानमा चट्याङ्ग लागेर ३ जनाको मृत्यु, एक घाइते

१५ असार २०७८, मंगलवार ११:०९ प्रकाशित

बिरगंज १५ आषाढ :
पर्सामा मंगलवार विहान चट्याङलागेर ३ जनाको म्रोत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.४ देवरबानाका ५५ वर्षीय रघुबिर यादवको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ पथरैयामा भैंसी चराउन गएको बेलामा चट्याङ्ग लागेर मृत्यु भएको हो ।

त्यसैगरी पटेर्वासुगौली गाउँपालिका वडा नं.१ गदियानीका २७ वर्षिय रोसलान गद्धी र जिराभवानी गाउँपालिका वडा नं.३ जीतपुर बस्ने ५० वर्षीय असतुरनी देवी थरुनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मंगलवार नैं चट्याङ्ग लागेर पटेर्वासुगौली गाउँपालिका वडा नं.१ निवासी राजबली गद्दी भने घाइते भएको छन् । उनलाई हाल उपचारको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

१५ असार २०७८, मंगलवार ११:०९  मा प्रकाशित

Write your Comment