स्वीडेनलाई हराउँदै युक्रेन क्‍वार्टरफाइनलमा

१६ असार २०७८, बुधबार ०९:१६ प्रकाशित

काठमाडौं १६ आषाढ :
अन्तिम-१६ अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनमाथि २-१ गोलको नतिजामा जित निकाल्दै युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

मंगलबार राति स्कटल्यान्डमा भएको खेलमा स्वीडेनलाई जित दिलाउन ओलेकसान्डर जिन्चेन्को र आर्टेम डोब्याकले एक/एक गोल गरे ।

यस्तै, स्वीडेनका लागि एमिल फोर्सबर्गले एक गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमार्फत् नतिजा लिइएको थियो ।
अतिरिक्त समयको पनि निर्धारित ३० मिनेटमा गोल हुन नसकेको खेलको इन्जुरी समय १२१औं मिनेटमा स्वीडेनका ढोब्याकले गरेको गोलसँगै युक्रेनले पहिलो पटक युरोपियन च्याम्पियनसिपमा क्‍वार्टरफाइनल यात्रा तय गरेको थियो । यद्यपि, सोभियत युनियनको एक देश हुँदा भने एक पटक च्याम्पियनसमेत बनेको थियो ।

जितसँगै अन्तिम ८ मा पुगेको युक्रेनले सेमिफाइनल प्रवेशका लागि इङ्ल्यान्डसँग खेल्ने छ । इङ्ल्यान्ड जर्मनीलाई २-० को नतिजामा पराजित गर्दै क्‍वार्टरफाइनलमा पुगेको हो ।

१६ असार २०७८, बुधबार ०९:१६  मा प्रकाशित

Write your Comment