बाराको निजगढमा सर्पको टोकाइबाट एक युवकको मृत्यु

१६ असार २०७८, बुधबार १३:५३ प्रकाशित

बारा १६ आषाढ :
बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो ।

उनी निजगढ नगरपालिका– १३ डम्मरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो ।
सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

१६ असार २०७८, बुधबार १३:५३  मा प्रकाशित

Write your Comment