नेप्से सूचकमा सामान्य करेक्सन: कारोबार रकम ५ अर्ब ८३ करोडमा खुम्चियो,५ कम्पनीमा सर्किट

१६ असार २०७८, बुधबार २०:३८ प्रकाशित

काठमाडौं १६ आषाढ :
साताको चौथो दिन आज बुधबार नेप्से सूचक सामान्य अंकले घटेको छ । आज नेप्से सूचक ४.१३ अंकले घटेर २८२३.८७ को बिन्दुमा पुगेको हो ।

आज ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४ सय ३५ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १ सय कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज पोखरा फाईनान्स लिमीटेड, नेपाल फाइनान्स लिमीटेड लगायत ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, फाइनान्स र विकास बैंक लगायत ६ समूहको समूहगत सूचक बढेको छ भने इन्भेष्टमेन्ट र होटेल र पर्यटन लगायत ७ समूहको समूहगत सूचक घटेको छ । फाइनान्स समूहको सूचक सर्वाधिक बढी ५.८१ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको ३.३७ प्रतिशतले बढेको छ । त्यस्तै, इन्भेष्टमेन्ट समूहको सूचक सर्वाधिक बढी २.२१ प्रतिशतले घटेको छ ।
आज नेपाल इन्योरेन्स कम्पनीको सर्वाधिक बढि ३० करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनएलजी इन्योरेन्स कम्पनीको २१ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ ।

१६ असार २०७८, बुधबार २०:३८  मा प्रकाशित

Write your Comment