तनहुँको छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगायो

१७ असार २०७८, बिहीबार ०८:३० प्रकाशित

केहिदिन देखी परेको बर्षाले व्यास नगरपालिकास्थित छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको छ । बाढीले बुद्धसिंह मार्गअन्तर्गत व्यासका.वडा नम्बर १ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बगाएको हो ।
छाब्दी खोलामा मंगलबार राति आएको बाढीले पुल बगाएको स्थानीयले बताए । पुल बगाएसँगै बुद्धसिंह मार्ग, केशवटार मार्गमा आवतजावत ठप्प भएको छ । खोला आसपासका घरहरु समेत जोखिमा परेको व्यास–१ का वडाध्यक्ष खरसिं दरैले बताए । उनले भने, ‘बाढीले पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ, बेनिकोट, गुदीलगायतका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।’
छाब्दी खोलामा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दाहरु जोखिममा रहेको व्यास–१३ का वडाध्यक्ष लेकबहादुर रानाले बताए । ‘छाब्दी खोला र मन्दिर आसपासमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको उनले जानकारी दिए ।

१७ असार २०७८, बिहीबार ०८:३०  मा प्रकाशित

Write your Comment