बारा कलैयाका जैसवालको करेन्ट लागेर मृत्यु

१७ असार २०७८, बिहीबार १०:५१ प्रकाशित

बारा १७ आषाढ :
बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका -१४ बस्ने ४५ वर्षीय मदनलाल जैसवालको मृत्यु भएको हो ।

आफ्नै घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई बिहीबार बिहान ८ : २० बजे करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

१७ असार २०७८, बिहीबार १०:५१  मा प्रकाशित

Write your Comment