नगरबासीको आवश्यकताका योजनालाई प्राथमिकता दिएका छौ : उपप्रमुख चौधरी

१७ असार २०७८, बिहीबार १९:५४ प्रकाशित

मनाेज शाह

बारा १७ आषाढ :

बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले नगरबासीको आवश्यकताका योजनाहरुलाई उपमहानगरले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
उपमहानगरको बिकासका लागि छुट्याइएको बजेट रकमको सदुपयोग होस भन्ने हेतुले आर्थिक वर्षको अन्त्यमा काम हुन नसकेका योजनाको रकम नगरबासीको हितमा खर्चिएको बताउनुभयो । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरूको अनुगमनको क्रममा उपप्रमुख चौधरीले यस्तो बताउनुभएको हो । वडाको सिफारिस सहित नगरबासीबाट माग भई आएका योजनामध्येबाट अति आवश्यक योजनामा अहिले काम भईरहेको उपप्रमुख चौधरीको भनाई छ ।
अहिले नगरमा पुराना र नया दुबै योजनाको काम अन्तिम चरणमा छ । हामीले यो वर्षको बिकास निर्माणका काम केही दिनमा सक्दैछौ चौधरीको भनाई छ । काम हुन नसकेका पुराना केही योजनाको रकमलाई अन्य योजनामा रुपान्तरण गरेर पनि काम गरेका छौ । त्यसका लागि अति आवश्यक योजना छनौट गरेका छौ ।
अविरल बर्षाका कारण नगरबासीले खेप्नुपरेको सास्तीको विषयमा आफूहरु अवगत रहेको र ति समस्या समाधानका लागि आफूहरुले काम गरिरहेको उहांले बताउनुभयो । बर्षाले निम्त्याएको पानि निकासको समस्या, ढलको समस्या, हिलाम्य बाटोको समस्या, स साना कल्भर्ट अभाव जस्ता समस्यालाई तत्काल सम्बोधन गर्न सकिने भएकाले उपमहानगरपालिका त्यसतर्फ लागेको चौधरीले बताउनुभयो ।
हामीले नगर र नगरबासीको हितमा सोचेर काम गर्दै आएका छौ,चौधरीको भनाई छ, आर्थिक वर्षको अन्त्यमा हतारमा काम गरेको भनेर गलत प्रचार भईरहेको पनि सुनेको छु । ति कुराहरु विकासलाई अवरोध पार्ने कुरा मात्रै हुन । हामी हाम्रो काम गर्दैछौ ।
उपमहानगरपालिकाको बिकास निर्माणको कामले गति लिईरहेको अवस्थामा गलत र सुनियोजित प्रचारमा नलाग्न उहांले नगरबासीलाई आग्रह गर्नुभयो । जनप्रतिनिधि र कर्मचारीको मनोबल घटाउने काम भईरहेको छ । त्यस्ता कुराको पछि नलाग्न आग्रह गर्दछु ।उपप्रमुख चौधरीको भनाई थियो ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले कर्मचारीका तर्फबाट भईरहेका कार्यसम्पादन सन्तोषजनक रहेको बताउनुभयो । कोरोनाको समय र मौसमको प्रतिकुल अवस्थामा पनि कर्मचारीले निरन्तर नगरको बिकास निर्माणका योजना सहित अन्य कार्यसम्पादनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । अनुगमनका क्रममा विभिन्न वडाका अध्यक्षहरु सञ्चारकर्मी तथा स्थानीयको सहभागीता रहेको थियो ।

१७ असार २०७८, बिहीबार १९:५४  मा प्रकाशित

Write your Comment