मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले त्यहाँका कम्तीमा पनि १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक हराएका छन् ।
शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको छ । सोही बाढीमा परेर ती २० जना व्यक्ति हराएका उक्त जिल्लाका एक अधिकारीले जानकारी दिएका छन् ।
सो जिल्लाका एकजना प्रहरी अधिकारीले हराएका ती व्यक्तिको खोजी जारी रहेको तर उनीहरु नभेटिएको भन्दै उनीहरु अब भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् । सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

