सेयर बजारमा अनपेक्षित गिरावट, कारोबार रकम ४ अर्बमा ओर्लियो

२१ असार २०७८, सोमबार १५:४२ प्रकाशित

काठमाडौं २१ आषाढ :
लगातारको गिरावटपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा अनपेक्षित संकुचन आएको छ । ११.७८ अंकको गिरावट आएको बजारमा अधिकतम कारोबार रकम ४ अर्बमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८२२.७३ विन्दुमा झर्दा कारोबार रकम भने साढे ४ अर्ब अर्थात् ४ अर्ब ५८ करोड हारहारीमा मात्र भएको हो ।
आज कुल २२४ कम्पनीका एक करोड ६३ हजार ६३६ कित्ता सेयर ५२ हजार ८४६ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ । यसदिन व्यापार, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड, लगानी लगायत अन्य समूह धनात्मक (पोजेटिभ) हुँदा अन्य सबै समूहहरु ऋणात्मक भएका छन् ।
गत आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको थियो भने बजारमा ५ अर्ब ५ करोड ३५ लाखको सेयर कारोबार भएको थियो ।

२१ असार २०७८, सोमबार १५:४२  मा प्रकाशित

Write your Comment