२८ जना यात्रु सवार बिमान समुन्द्रमा खसेर बेपत्ता

२०७८ अषाढ २२, मंगलबार प्रकाशित

एउटा रुसी विमान मंगलबार समुन्द्र खसेर बेपत्ता भएको छ ।
रुसी समाचार संस्था टासका अनुसार कामचत्का पेनिनसुला क्षेत्रमा अवतरणका क्रममा २८ व्यक्ति सवार बिमान सम्पर्कविहीन भएर एएन–२६ विमान समुद्रमा खसेको जानकारी प्राप्त भएको हो।

अवतरणका क्रममा सो विमान राडारको सम्पर्कबाट बाहिर गएपछि विमान दुर्घटनामा परेको आशंका गरिएको थियो ।
सो विमानमा २२ यात्रु र ६ चालकदलका सदस्य थिए। रुसी आपतकालिन मन्त्रालयका अनुसार हाल सो विमानको खोजी गर्न सो क्षेत्रमा सरकारी अधिकारीले विशेष टोली खटाएको छ।

आइतबार मात्र फिलिपिन्समा एउटा सैन्य विमान दुर्घटनामा पर्दा ५० जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।

Write your Comment