जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट,११ कित्तासम्म पर्यो भागमा

२३ असार २०७८, बुधबार ११:२० प्रकाशित

काठमाडौं २३ आषाढ :
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान ९ः३० बजे आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो । कुल योग्य आवेदकहरु मध्यबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्य ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् ।
कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको आईपीओ बाँडफाँट भएको हो । यस आईपीओमा २० लाख ८७ हजार ३१७ जनाको आवेदन परेको थियो । कुल आवेदनकमभ्य ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि बाँडफाँट गरेको छ ।

२३ असार २०७८, बुधबार ११:२०  मा प्रकाशित

Write your Comment