एमाले कार्यदलको वार्ता निष्कर्षउन्मुख,भोलि टुंगोमा पुग्ने सहमति

२०७८ अषाढ २३, बुधबार प्रकाशित

सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा बसेको आजको बैठकले सकारात्मक मोड लिएको र भोलि फेरि ११ बजे बस्‍ने गरी बैठक सकिएको कार्यदल सदस्‍य प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेको विवाद समाधान निष्कर्षउन्मुख भएको र भोलिको बैठकले टुंग्याउने उनले दाबी गरे। उनले भने, ‘आजको छलफल सकारात्मक बनेको छ। भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’।

एमालेको कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन् /

Write your Comment