एमाले प्रवेश गरेका नेताहरुले दिए निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको निवेदन

२३ असार २०७८, बुधबार १४:३७ प्रकाशित

एमाले प्रवेश गरेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन्।

बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरुले निवेदन दिएका हुन्।

हामीले पेश गरेको निवेदन दर्ता भएको छ,’ थापाले नेपालखबरसँग भने, ‘अब प्रक्रियामा जान्छौं भनेर आयोगका प्रतिनिधिले भन्नुभएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका उनीहरु सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई अलग अलग गरेपछि एमाले प्रवेश गरेका थिए।

माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन्। उनीहरु केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए।

माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजी माग गर्दै बुधबार आयोगमा निवेदन दिएका हुन्।

२३ असार २०७८, बुधबार १४:३७  मा प्रकाशित

Write your Comment