यस्तो रहयो बुधबारको शेयर कारोबार

२३ असार २०७८, बुधबार १७:१२ प्रकाशित

काठमाडौं २३ आषाढ :
साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार घटेको छ । आज बजार १६ अंक भन्दा धेरैले घट्दा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँको कारोबार भएको छ ।

यस अवधिमा सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ४३ करोड ५४ लाख २७ हजार ३७ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपर तामाकोशीको २६ करोड १६ लाख ७४ हजार ४ सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख ७७ हजार १ सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख ४८ हजार ३ सय ४५ रुपैयाँको सेयर कारोबार हुँदा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १३ करोड ९८ लाख ४ सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । साथै नेपाल टेलिकमको ११ करोड ६९ लाख ५४ हजार ६ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।

२३ असार २०७८, बुधबार १७:१२  मा प्रकाशित

Write your Comment